neapl investment mega bank aadharbhumi

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Sep 14th, 2020

काठमाडौं, २९ भदौ

रौतहट, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा देवाही गोनाही नगरपालिका-६ कर्कचकर्मैया टोल बस्ने २० बर्षीय राजेस साह सोनारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोनारले भदौ २२ गते ती बालिकालाई जवरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सुनसरी, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका-५ बस्ने भोजपुर दोभान गाउँपालिका-३ घर भएका २१ वर्षीय प्रतिक राईलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । राईले मंगलबार ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ओखलढुंगा, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-८ सल्लेरी बस्ने २८ वर्षीय राजु तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । तामाङले बुधबार ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी चौकी केतुकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi