neapl investment mega bank aadharbhumi
  • गृहपृष्ठ
  • सभामुखद्वारा पहिरो प्रभावित क्षेत्रको निरीक्षण

सभामुखद्वारा पहिरो प्रभावित क्षेत्रको निरीक्षण

Sep 13th, 2020

काठमाडौँ, २८ भदौ /रासस

सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ स्थित नागपुजे, भीरखर्क र नेवार टोलमा गएरातिको भीषण पहिरोले ठूलो मानवीय एवम् भौतिक क्षति गराएको स्थलको आज निरीक्षण गर्नुभएको छ । उहाँले पहिरोले क्षति पु¥याएको स्थानको स्थलगतरुपमा जानकारी लिनुभएको । उहाँले स्थानीय पहिरो पीडित र प्रभावितसँग छलफल गर्नुभयो । सभामुख सापकोटाले जिल्लामा पछिल्लो समय प्राकृतिक विपत्ति बढिरहेको उल्लेख गर्दै जोखिमयुक्त सूचीकृत नभएका बस्तीमा समेत पहिरो जानुले थप चिन्तित तुल्याएको बताउनुभयो ।

सभामुख सापकोटाले तत्काल उद्धार, राहत, अस्थायी स्थानान्तरणमा ध्यान दिइने जानकारी दिँदै स्थायी स्थानान्तरणका लागि सिन्धुपाल्चोकका भूगोलको विस्तृत भौगर्भिक अध्ययन गरिने बताउनुभयो । उहाँले जिल्लामा परेको विपत्तिका विषयमा विज्ञसँग छलफल गरेर स्थानीयलाई सुरक्षित रुपमा बस्ने व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पहिरो पीडित र प्रभावितको सुरक्षित बसोबासका लागि आफ्नातर्फबाट सबै पहल गर्ने बताउनुभयो । सभामुख सापकोटाले आजै बाढी पहिरोले क्षतिग्रस्त अरनिको राजमार्गको बाह्रबीसेदेखि चीनसँगको सीमानाका लिपिङसम्मको स्थलगत अवलोकन गर्नुभयो । सो अवसरमा उहाँले अरनिको राजमार्ग व्यवस्थित गर्ने र तातोपानी नाका सुचारु गर्ने विषयमा आफूले पहल गर्ने बताउनुभएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

यसैबीच सभामुख सापकोटाले भीरखर्क, नागपुजे र नेवारटोलका पहिरोमा परेर ज्यान गुमाएप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पहिरोमा परि ज्यान गुमाएका शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । पहिरोमा परि घाइते भएका ६ जनाको उद्धार गरी उपचारका लागि पठाइएको छ । आज साँझसम्म ११ जनाको शव निकालिएको छ भने २० जना अझै बेपत्ता रहेका छन् । पहिरोका कारण भीरखर्कका चार, नाकपुजेका ११ र नेवार टोलका सात गरी २२ घर पूर्णरुपमा क्षति भएको छ । १७ घर जोखिममा छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi