neapl investment mega bank aadharbhumi
  • गृहपृष्ठ
  • शम्भु चौधरी भन्ने शम्भु महतोको कर्तव्य ज्यान घटनामा तीन जना पक्राउ

शम्भु चौधरी भन्ने शम्भु महतोको कर्तव्य ज्यान घटनामा तीन जना पक्राउ

Sep 13th, 2020

काठमाडौ, भदौ २८

शम्भु चौधरी भन्ने शम्भु महतोको कर्तव्य ज्यान घटनामा तीन जना पक्राउ परेकाछन । प्रहरीका अनुसार यही भदौ २६ गते अं.१२ः०० बजेको समयमा काठमाण्डौ जिल्ला कीर्तिपुर नगरपालिका वडा नं. ७ भाजंगल स्थित प्रेमकृष्ण महर्जनको घरमा डेरागरी बस्ने देश भारत बिहार प्रदेश मोतिहारी जिल्ला पुर्बी चम्पारणग्राम पोष्ट संग्रामपुर स्थाई घर भएको बर्ष ४२ को शम्भु चौधरी भन्ने शम्भु महतो र निज घरघनी प्रेमकृष्ण महर्जन बिच पानी थाप्ने विषयलाई लिएर सामान्य विवाद हुँदा घरघनी प्रेम कृष्ण महर्जनले निज शम्भु चौधरी भन्ने शम्भु महतोलाई ढोकामा लगाउने काठको आग्लोले शरिरमा प्रहार गरी सख्त घाईते भएको भन्ने सुचना प्राप्त हुना साथ तत्काल मनप्र वृत्त किर्तिपुरवाट प्रहरी परिचालन गरिएको थियो । सो पश्चात घाईतेलाई उद्दार गरी उपचारको लागि किर्तिपुर अस्पतालमा लगिएकोमा उपचारको क्रममा सोही दिन १४ः१५ बजेको समयमा निजलाई चिकित्सकले निज घाइतेलाई मृत घोषणा गरेको ।

वारदातमा संलग्न भनिएका प्रेम कृष्ण महर्जन, छोराहरुद्वय परमेश्वर महर्जन र प्रमोद महर्जनलाई भदौ २७ गते मनप्र वृत्त किर्तिपुरवाट खटिएको प्रहरी टोलीले पक्राउ गरि कानूनी प्रकृया अगाडी वढाईएको छ । सो सम्वन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi