काठमाडौ, भदौ २८
बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै घरायसी विद्युतिय उपकरणको सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ । नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी ल्याइएको सरल किस्ताबन्दी सहितको विशेष योजनामा बैंकको क्रेडिट कार्ड बाहक ग्राहक महानुभावहरुले आफुलाई आवश्यक सिजी, एलजी, गोदरेज, टिसिएसल, सेन्साई, इलिशा, केन्ट तथा ब्याल्क एण्ड डेकोर ब्रान्डको घरायसी विद्युतिय उपकरणहरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्नेछन ।
यस योजना अन्र्तगत बैंकको क्रेडिट कार्ड बाहक ग्राहकहरुले सिजी, एलजी, गोदरेज, टिसिएसल, सेन्साई, इलिशा, केन्ट तथा ब्याल्क एण्ड डेकोर ब्रान्डको घरायसी विद्युतिय उपकरणहरु जस्तै टिभि, मोबाइल, म्युजिक सिस्टम, लुगा धुने मेसीन, एसी, माईक्रो वेभ, भ्याकुम क्लिनर, डिस वासर, वाटर प्युरिफायर, चिम्नी एण्ड किचन एप्लायन्सेज किस्ताबन्दीमा खरिद गर्न सक्नेछन ।
यस योजनाबाट बैंकको क्रेडिट कार्डको प्रयोग गरी किस्ताबन्दीमा घरायसी विद्युतिय उपकरण खरिद गर्दा ग्राहकहरुलाई कुनैपनि ब्याज लाग्ने छैन । बैंक अफ काठमाण्डू लिमिटेड र सिजी डिजिटल प्रालीबिच भएको ब्यापारीक सम्झौता अन्र्तगत बैंकको ग्राहकहरुलाई यस सरल किस्ताबन्दीको योजनाहरु विभिन्न स्थानको सोरुमहरुबाट उपलब्ध हुनेछन् ।
बैकका अनुसार सिजीका सोरुमहरु कुमारीपाटी, रबिभबन, टंगाल, त्रिपुरेश्वर, नयाँबजार, भक्तपुर, किर्तिपुर, हात्तिगौंडा, इटहरी तथा भरतपुरमा रहेकाछन भने एलजीका सोरुमहरु मिनभबन, सिभिल मल, जावलाखेल, कान्तीपथ, चाबहिल, सितापाइला, इमाडोल तथा बिराटनगरमा रहेकाछन ।