neapl investment mega bank aadharbhumi

खुकुरी प्रहार गरी महिलाको हत्या

Sep 12th, 2020

उदयपुर, २७ भदौ

कटारी नगरपालिका-११ लखनथुम्का बस्ने ५० वर्षीया डोर कुमारी राउतलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय विनोद भन्ने रोशन राना मगरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ती महिलाको हत्या गरी मगर फरार भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बेतिनी र ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi