काठमाडाडौ, भदौ २७
प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीको बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले शुुक्रबार होटेल ईच्छा प्रा.लि. सिमरा, बारामा १८ औं बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवण कुमार अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।वार्षिक साधारण सभाबाट कम्पनीको संस्थापक समूह क अन्तर्गत ४ जना सञ्चालकहरुको निर्वाचन सम्पन्न गरेको छ जसमा सञ्चालक विशाल अग्रवाल, अमित अग्रवाल र अर्पित अग्रवाल र विवेक विजुक्छे निर्विरोध निर्वाचित भएका छन । सञ्चालकहरुलाई निर्वाचन अधिकृत विजयलाल ठाकुरले पद तथा गोपनियताको सपथ ग्रहण समेत गराएका छन् । सभाले कम्पनीको २० प्रतिशत प्रवर्द्धक सेयर साधारणा सेयरमा परिणत गर्ने निर्णय गरेको छ । यसअघि ८० प्रतिशत प्रमोटर सेयर र २० प्रतिशत पब्लिक सेयर रहेकोमा अब ६० प्रतिशत प्रमोटर र ४० प्रतिशत पब्लिक सेयर हुने निर्णय सभाले गरेको छ ।