neapl investment mega bank aadharbhumi
  • गृहपृष्ठ
  • हेण्ड स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने विषाक्त मेथानोल , पाँचवटा कम्पनीलाई कारबाही

हेण्ड स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने विषाक्त मेथानोल , पाँचवटा कम्पनीलाई कारबाही

Sep 12th, 2020

काठमाडौ, भदौ २७

कोरोना भाइरस रोकथामका लागि प्रयोग हुँदै आएको हेण्ड स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने मेथानोल नामक विषाक्त रसायन पाइएको छ । बजारमा पाइने हेण्ड स्यानिटाइजरको प्रयोगशाला परीक्षण गर्दा ५ वटा कम्पनीको स्यानिटाइजरमा मेथानोल नामक विषाक्त रसायन पाइएको औषधि व्यवस्था विभाग (डिडीए) ले जनाएको छ ।

नेपाल कायाकल्प उद्योग, भक्तपुरको इन्टेन्ट हेण्ड स्यानिटाइजर, हाइजिन सोप एण्ड केमिकलको इन्टेन्ट हेन्ड स्यानिटाइजर ओरिजिनल, आधार केमिकल एण्ड फुट इन्डष्ट्रिको एडभान्स्ड हेण्ड स्यानिटाइजर, सर्च केम कमहर्बल प्रोडक्ट्सको इन्टेन्ट हेन्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमूखीहर्बल प्रोडक्ट्सको सूर्यमुखी हेण्ड स्यानिटाइजरमा मेथानोल भेटिएको हो ।

बजारमा उपलब्ध स्यानिटाइजरको नमुना संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा उक्त विषाक्त रसायन मेथानोल पाइएको डिडीएले एक सूचना प्रकाशन गर्दै जनाएको छ । यसले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर गर्ने भएकोले उक्त हेण्ड स्यानिटाइजर प्रयोग नगर्न पनि डिडीएले आग्रह गरेको छ । सूचनामा भनिएको छ, ‘….तोकेको मापदण्ड इन्टेन्ट हेन्ड स्यानिटाइजर (अल्कोहल बेस्ड) सम्बन्धी स्तर २०७६ विपरित विषाक्त रसायन मेथानोल समावेश भएको पाइएकोले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने हुँदा सर्वसाधारणहरुले प्रयोग नगर्न/नगराउनुहुन र साथे त्यस्ता स्यानिटाइजरहको उत्पादन तथा बिक्री वितरण अबिलम्ब रोक्का राख्न सम्पूर्ण सरोकारवालाहरुलाई सूचित गरिन्छ ।’

यस्तो गम्भीर त्रुटी गर्ने उत्पादकहरुलाई प्रचलित कानून अनुसार कारबाही गरिने डिडीएका महानिर्देशक नारायण ढकालले बताएका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi