neapl investment mega bank aadharbhumi
  • गृहपृष्ठ
  • पूर्वसभामुख महराद्वारा थारु सङ्ग्रहालयको अवलोकन

पूर्वसभामुख महराद्वारा थारु सङ्ग्रहालयको अवलोकन

Sep 11th, 2020

तुलसीपुर, २६ भदौ /रासस

पूर्वसभामुख कृष्णबहादुर महराले दाङ दंगीशरण गाउँपालिका–३ चखौरास्थित थारु सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । थारुको पहिचान तथा सँस्कृति झल्किने उद्देश्यले निर्माण गरिएको उक्त सङ्ग्रहालयको उहाँले आज अवलोकन गर्नुभएको हो ।

सङ्ग्रहालयमा थारु समुदायको इतिहास, उत्पति, भेषभुषा, कला संस्कृति, रहनसहन, खानपान, चाडपर्व, दंगीशरण राजाको सालिकलगायतका सामग्री राखिएको छ । यसले थारु समुदायको पहिचानलाई जोगाइ राख्न मद्दत गर्ने पूर्वसभामुख महराले बताउनुभयो ।

थारुका राजा दंगीशरणले राज गरेको जिल्लामा यसरी व्यवस्थित तरिकाले संग्रहालय निर्माण गरी सञ्चालन गर्नुले पर्यटन क्षेत्रको समेत विकास हुने उहाँको भनाइ थियो । दाङ थारु समुदायका लागि ऐतिहासिक ठाउँ भएको र यही जिल्लामा थारु संग्रहालय निर्माण हुनुले जिल्लाको पर्यटनले फड्को मार्ने उहाँले बताउनुभयो ।

त्यस अवसरमा महतवा महासंघका केन्द्रिय अध्यक्ष तथा प्रदेश नं। ५ का प्रदेशसभा सदस्य डिल्ली चौधरीले सङग्रहालय हेर्न दैनिक पाँच सयदेखि एक हजार मान्छेसम्म आउने गरेको बताउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi