neapl investment mega bank aadharbhumi
  • गृहपृष्ठ
  • प्रेस काउन्सिल र नेपाल चिकित्सक संघबीच आपसी सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

प्रेस काउन्सिल र नेपाल चिकित्सक संघबीच आपसी सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

Sep 11th, 2020

काठमाडौ, भदौ २६

काठमाडौै आज प्रेस काउन्सिल नेपाल र नेपाल चिकित्सक संघबीच आपसी सहयोग र सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । पेशागत हकहित र आचारसंहिता सम्बन्धी १२ बुँदे सम्झौतापत्रमा काउन्सिलका तर्फबाट कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल र चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, महासचिव डा. बद्री रिजालले हस्ताक्षर गरेका हुुन ।

स्वास्थ्य लगायत विभिन्न बिटमा कलम चलाइरहेका देशभरिका पत्रकारलाई तालिम दिने प्रयोजनको लागि विषय विज्ञबाट पाठ्यक्रमको प्रारुप तयार गरी तालिम तथा प्रशिक्षण प्रदान गर्ने, दक्ष प्रशिक्षक उत्पादन गर्ने, संस्थाको पेशागत मर्यादा, विश्वसनीयता, हकहित र व्यावसायिक दक्षता अभिबृद्धि गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

यस अवसरमा आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले रोगको उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु बेश हुने, गल्ती सच्याउनुभन्दा गल्ती हुनै नदिने वातावरण बनाउने, पत्रकारको लागि पत्रकार आचारसंहिता बनाइएको, आचारसंहिता उल्लंघनका उजुरीमा फास्ट ट्रयाक विधिबाट कार्बाही हुँदै आएको उल्लेख गर्नुभयो । सहकार्यको शुरुवातमा खुशी व्यक्त गर्दै पाठ्यक्रम निर्माणको लागि काउन्सिलको तर्फबाट सदस्य गोविन्द आचार्य र प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाललाई पठाइने बताए ।

चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले विशेषगरी बिद्युतीय मिडियाप्रति विश्वसनीयता कम हुँदै गएको, छानविन तथा प्रमाणित नहुँदै डक्टरको लापरबाहीले मृत्युलगायत समाचार आउने गरेको प्रसंग उल्लेख गर्दै पेशालाई विश्वसनीय, मर्यादित, परिस्कृत बनाउन तत्कालको लागि योजना बनाएर, छोटो तथा लामो अवधिको तालिम प्रदान गर्न सहकार्यको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको जानकारी दिए । मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको कूल संख्या २६,३४६ छ । जसमध्ये १६,६०३ पुरुष र ९७४३ महिला चिकित्सक छन् । त्यसैगरी पत्रकार महासंघको सदस्यता लिने पत्रकारको संख्या १३ हजार रहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi