neapl investment mega bank
  • गृहपृष्ठ
  • धारिलो हतियार प्रहार गरेको अभियोगमा पक्राउ

धारिलो हतियार प्रहार गरेको अभियोगमा पक्राउ

Sep 11th, 2020

काठमाडौं, २६ भदौ

बैतडी, डिलासैनी गाउँपालिका-३ सिमार बस्ने ३४ वर्षीय ओकिल रानालाई धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा सोही स्थान बस्ने १९ वर्षीय हरिश राना र २४ वर्षीय जनक रानालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ओकिल, जनक र हरिशबीच जग्गाको बिषयमा बादविवाद हुँदा हरीशले ओकिलको पेटमा छुरा प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिमारबाट खटिएको प्रहरीले घटनामा संलग्न दुबैजनालाई पक्राउ गरेको हो । छुरा प्रहारबाट घाइते भएका ओकिललाई उपचारको लागि गोकुलेश्वर अस्पताल हुँदै थप उपचारको लागि जिल्ला अस्पताल डडेल्धुरातर्फ पठाइएको छ ।

तेह्रथुम, लालिगुँरास नगरपालिका-७ लसुने बस्ने २९ वर्षीय सल बहादुर तामाङलाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा उनकै दाइ राम बहादुर तामाङलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा आएका भाइलाई मादक पदार्थ सेवन गरेका राम बहादुरले घरायसी बिबादको कारण खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरीले राम बहादुरलाई खुकुरी सहित पक्राउ गरेको हो । राम बहादुर समेत घुँडामा चोट लागेर घाइते भएकाले दुबै जनालाई उपचारको लागि घरान घोपातर्फ लगिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi