काठमाडौ, भदौ २५
नबिल बैंकले साईकल खरिदको लागि लोन दिने योजना ल्याएको छ । बैंकका अनुसार पछिल्लो समय व्यायाम हलहरु बन्द भएको र मान्छेहरु आफ्नो स्वास्थ्यप्रति धेरै चेतनशिल भएको कारण यो योजना ल्याइएको हो । यो योजनाको लागि ग्राहकले बैंकबाट क्रेडिट कार्ड अनिवार्य लिएको हुनु पर्ने बैकले जनाएको छ ।
यो योजना अन्तर्गत ग्राहकले दुई लाखसम्मका साइकल खरिद गर्दा डाउन पेमेन्ट गर्नु पर्ने छैन र ब्याज पनि लाग्ने छैन । दुुई लाखभन्दा महंगो साइकल खरिद गरेको खण्डमा दुुई लाखभन्दा जति धेरै हुन्छ त्यति डाउन पेमेन्ट गरेर खरिद गर्न सक्ने जानाकारी पनि बैंकले दिएको छ । बैकका अनुसार यो योजनामा साइकलको मूल्यलाई १८ महिनामा भाग लगाएर सोही अनुसार मासिक किस्ता तिर्न सकिने छ । यो कर्जा योजनाको लागि बैकले पानीपोखरीस्थित काठमाडौं बाइक स्टेशन र पोखराको चालिसे एण्ड सन्ससगँ सम्झौता गरेको छ । योजनाले साइकल किन्न चाहाने तर एकै पटक पैसा तिर्न अप्ठेरो हुनेहरुलाई सहज हुने बैंकले जनाएको छ ।