neapl investment mega bank
  • गृहपृष्ठ
  • वी .पी विचार राष्ट्रिय समाजले ७ वटा प्रदेशमा वी .पी जयन्ती मनाउने

वी .पी विचार राष्ट्रिय समाजले ७ वटा प्रदेशमा वी .पी जयन्ती मनाउने

Sep 10th, 2020

काठमाडौ, भदौ २५

विपी विचार राष्ट्रिय समाजको आयोजनामा १०७औँ वी .पी जयन्ती वी.पीको सैद्धान्तिक अवधारणाको बारेमा अन्तर संवाद गरी मनाउने निर्णय गरेको छ । वी.पी विचार राष्ट्रिय समाजका अनुसारः प्रदेश नं. १ मा भदौ २७ गते , प्रदेश नं. २ मा भदौ ३० गते , प्रदेश नं. ३ मा असोज ४ गते ,प्रदेश नं. ४मा असोज ७ गते, ,प्रदेश नं ५ असोज १० गते, प्रदेश नं ६ मा असोज १२ गते र प्रदेश नं. ७ मा असोज १५ गते मनाउने भएको छ ।

कार्यक्रम वीपी विचार राष्ट्रिय समाजका सभापति के.वी गुरुङ्गको प्रमुख आतिथ्यमा हुनेछ ,भने प्रदेश सभापत्तिको अध्यक्षतामा कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रममा वी .पी विचार राष्ट्रिय समाजका सम्बन्धित प्रदेशका केन्द्रिय सदस्यहरु, प्रदेश समितीका पदाधिकारी तथा सदस्यहरु, वीपी विचार राष्ट्रिय समाजका जिल्ला पदाधिकारी तथा सदस्यहरु र आमन्त्रित व्यक्तिहरु समेत सहभागी हुनेछन ।

aadharbhumi
aadharbhumi
aadharbhumi