neapl investment mega bank
  • गृहपृष्ठ
  • मन्त्रिपरिषद्को पुनर्गठन मापदण्डको आधारमा गरिने, मन्त्रीमण्डल हेरफेर छिटै हुने सम्भावना

मन्त्रिपरिषद्को पुनर्गठन मापदण्डको आधारमा गरिने, मन्त्रीमण्डल हेरफेर छिटै हुने सम्भावना

Sep 10th, 2020

आधारभूमि संवाददाता
काठमाडौं ,भदौ २५

अव मन्त्रिपरिषद् पुर्नगठन निश्चित मापदण्ड अनुरुप गर्नुपर्ने छ । नेकपाले मन्त्रिपरिषद पुनर्गठन गर्दा मापदण्ड बनाउने भएको छ। सो विषयको प्रस्ताव भोलि भदौ २६ गते बस्ने स्थायी कमिटी बैठकमा पेश हुने छ ।

भोलिको बैठकमा पेश हुन लागेको राजनीतिक प्रतिवेदनमा निश्चित मापदण्डका आधारमा संघीय मन्त्रिपरिषद र प्रदेश मन्त्रिपरिषदको पुनर्गठन तथा राजनीतिक नियुक्ति सम्बन्धी निर्णय गर्ने प्रस्ताव गरिएको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले सो प्रतिवेदनमा तयार पारेका हुन् । जसमा मन्त्रिपरिषद पुनर्गठन मापदण्ड पुर्‍याएर गर्ने उल्लेख छ । यसबाट प्रधानमन्त्रीले छिटै मन्त्रिपरिषद पुनर्गठनको गर्ने संभावना देखिएको छ।

यसअघि कार्यदलले पनि मन्त्रिपरिषद पुनर्गठनका लागि सुझाव दिएको थियो।

यता प्रधानमन्त्रीले भने केही दिन अघि तत्काल मन्त्रिपरिषद् पुर्नगठन नहुने वताएका थिए । भदौ १९ गते बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले तत्कालै हेरफेरबारे आफूले केही नसोचेको भन्दै मन्त्रालयको कमाण्ड सम्हालेर काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका थिए।

तर पछिल्लो समय प्रधानमन्त्री मन्त्रिमण्डल हेरफेर गर्ने सोचमा रहेको स्रोतको दावी छ । भदौ २० गते अर्थमन्त्री एवम् सञ्चार मन्त्री युवराज खतिवडाले राजीनामादिएपछि उनले मम्हाल्दै आएका दुई मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री ओलीले नै लिएका छन्।