neapl investment mega bank
  • गृहपृष्ठ
  • भरतपुर अस्पतालका नयाँ मेडिकल सुपरिटेण्डेन्टमा डा पाण्डे नियुक्त

भरतपुर अस्पतालका नयाँ मेडिकल सुपरिटेण्डेन्टमा डा पाण्डे नियुक्त

Sep 10th, 2020

भरतपुर, २५ भदौ /रासस

चितवनको भरतपुर अस्पतालका नयाँ मेडिकल सुपरिटेण्डेन्टमा डा राजन पाण्डे नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालको मेसुमा डा पाण्डेलाई नियुक्त गरेको हो । यसअघि अस्पतालमा डा श्रीराम तिवारी मेसु रहनुभएको थियो । यही भदौ २४ गतेको मन्त्रिस्तरको निर्णयबाट उहाँलाई अस्पतालका प्रमुख मेसुमा नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले जानकारी दिनुभयो ।

प्रमुख कन्सल्टेन्ट जनरल फिजिसियन डा पाण्डे नेपालगञ्जको भेरी अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । डा पाण्डे एघारौँ तहका चिकित्सक हुनुहुन्छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi