neapl investment mega bank
  • गृहपृष्ठ
  • अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् कार्यमा संलग्न ११ सवारी साधन नियन्त्रणमा

अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् कार्यमा संलग्न ११ सवारी साधन नियन्त्रणमा

Sep 10th, 2020

नुवाकोट, २५ भदौ

बेलकोट गढी नगरपालिका-२ चाउथे दोभानस्थित चाउथे खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन् कार्यमा संलग्न १ स्काईभेटर, ७ टिपर र ३ आईचर गरी ११ वटा सवारी साधनलाई बुधबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्काईभेटरको प्रयोग गरी अवैध रुपमा बालुवा उत्खनन् कार्य भएको छ भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी कुंवरीबाट खटिएको प्रहरीले उक्त सवारी साधनहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi