neapl investment mega bank
  • गृहपृष्ठ
  • बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

Sep 10th, 2020

सुर्खेत, २५ भदौ

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पंचपुरी नगरपालिका-४ बस्ने १७ वर्षीय, १५ वर्षीय र १५ वर्षीय ३ जना किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पंचपुरी नगरपालिका-९ बिध्यापुरस्थित बिध्यापुर स्वस्तिक कटेज नजिकको खोल्सामा ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाबियाचौर र प्रहरी चौकी बिध्यापुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi