आधारभूमि संवाददाता
काठमाडौँ,२४ भदौ
काठमाडौंमा थप ४६४ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ४६४ जनाको पिसिआर पोजेटिभ आएको बताए ।
नयाँ संक्रमितमा काठमाडौंमा ३ सय ९४ ,ललितपुरमा ३४ र भक्तपुरमा ३६ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
नेपालमा बुधबार थप १०८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या ४९ हजार २१९ पुगेको छ । पछिल्लो २४ घण्टामा ९१८ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ३३ हजार ८ सय ८२ पुगेको छ ।