neapl investment mega bank
  • गृहपृष्ठ
  • बुधबार थपिए १०८१ कोरोना संक्रमित ,थप ९१८ जना डिस्चार्ज

बुधबार थपिए १०८१ कोरोना संक्रमित ,थप ९१८ जना डिस्चार्ज

Sep 9th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, भदौ २४

नेपालमा थप १०८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ११ हजार १६७  जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। यो सँगै सङ्क्रमितको सङ्ख्या ४९ हजार २१९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ हजार १६७  जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ५ हजार ४८० रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या १५ हजार २५ छ। जसमा संस्थागत आइसोलेसनमा ७ हजार ९८८ जना रहेका छन् भने होम आइसोलेसनमा ९ हजार ३७ जनाको उपचार भइरहेको छ। हालसम्म ७ लाख ९९ हजार ३४१ को पीसीआर परीक्षण गरिएको छ। पाँच सय भन्दा बढी संक्रमित रहेका जिल्लामा मोरङ,सुनसरी,सर्लाही,काठमाडौं, ललितपुर, चितवन, भक्तपुर र रुपन्देही रहेका छन् भने संक्रमण शून्य रहेका जिल्लामा सल्यान, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा रहेका छन् ।

थप ९१८ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ९१८ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालाबाट ९१८ जना डिस्चार्ज भएको बताए ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ३३ हजार ८ सय ८२ पुगेको छ ।