neapl investment mega bank
  • गृहपृष्ठ
  • जिल्ला प्रहरी कार्यालय नुवाकोटद्वारा गाई काटेर खान खोज्ने प्रतिवादीविरुद्ध मुद्दा

जिल्ला प्रहरी कार्यालय नुवाकोटद्वारा गाई काटेर खान खोज्ने प्रतिवादीविरुद्ध मुद्दा

Sep 9th, 2020

विदुर, २४ भदौ /रासस

जिल्ला प्रहरी कार्यालय नुवाकोटले गाई काटेका अभियोगमा पक्राउ परेका एक जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । तादी गाउँपालिका–३ स्थित टुटुङमा गाई काटी भाग लगाइरहेका अवस्थामा सोही गाउँपालिका–१ उर्लेनी घर भएका ३० वर्षीय सुरेश लामा भनिने सन्चा तामाङ दोङलाई सोमबार पक्राउ गरी पशुपक्षीसम्बन्धी कसुरअनुसार मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिनुभयो ।

प्रनि फुयाँँलका अनुसार सोही घटनामा संलग्न भएका नौ प्रतिवादी हालसम्म फरार छन् । गाई काट्न प्रयोग गरिएको धारिलो घरेलु हतियारसमेत घटनास्थलबाट प्रहरीले बरामद गर्नाका साथै प्रतिवादी तामाङलाई जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी घटनाको अनुसन्धान गरिएको उहाँले जानकारी दिनुभयो ।