neapl investment mega bank
  • गृहपृष्ठ
  • अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को दर्पण प्रकाशन समिति गठन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को दर्पण प्रकाशन समिति गठन

Sep 9th, 2020

काठमाडौँ, २४ भदौ

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को अनेसास दर्पण प्रकाशन समिति (२०२०–२०२२) गठन भएको छ । २९ वर्षको लामो इतिहास बोकेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको ५० ओटाभन्दा बढी च्याप्टरहरु गठन भई समाजले नेपाली भाषा, साहित्य, संस्कृति सम्बर्द्धनका लागि सक्रिय रूपमा विभिन्न कार्यहरु गर्दै आइरहेको छ ।

अनेसास केन्द्रीय कार्यसमितिद्वारा नियमित प्रकाशन भइरहेको अनेसास दर्पण प्रकाशन समिति (२०२०–२०२२) का लागि प्रधान सम्पादक लालगोपाल सुवेदी (अमेरिका बोस्टन), कार्यकारी सम्पादक हरि काफ्ले ‘शैव’ (अमेरिका बोस्टन) रहेका छन् ।

त्यसैगरी नेपालबाट सम्पादकमा ज्ञानु अधिकारी ,रमेश दाहाल, मनोज न्यौपाने लगायत नीलकण्ठ सुवेदी – अमेरिका, धनीराम सापकोटा – न्यूयोर्क, हेमन्त गिरी –जापान, यादव देवकोटा –पोर्चुगल, सुरेश पोख्रेल- अमेरिका , मदन पौडेल –बेलायत, डी.आर. न्यौपाने ‘सूर्य’ – कोरिया, प्रदीप खनाल -भारत र नमराज लामिछाने- साउदी अरब गरी ११ सदस्सीय सम्पादन मण्डल गठन भएको छ ।

नेपाली भाषा साहित्य र संस्कृति सम्बर्द्धनका निमित्त यस समितिले विश्वभर छरिएर रहेका नेपाली साहित्यकारका अमूल्य रचनाहरुलाई अनेसास दर्पणमार्फत आम पाठकमाझ पुर्याउनेदेखि अनेसासको विधानअनुसार नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थानका लागि बिभिन्न कार्यक्रम हरु मार्फत विश्वभर छरिएर रहेका साहित्यकारहरुलाई जोड्ने काम गर्नेछ भन्ने कुरामा विश्वस्त रहेको अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माइला’ ले बताए ।

त्यसैगरी अनेसास केन्द्रद्वारा गठन भएको यस समितिले ‘नियमित र स्तरीय प्रकाशन, अनेसास दर्पण’ मूलमन्त्रसहित अनेसास दर्पणमार्फत नेपाली साहित्यिक सिर्जनालाई आम पाठकसामु लैजाने कुरा प्रधानसम्पादक लालगोपाल सुवेदीले बताए ।

विश्वका मुख्य–मुख्य देशहरूबाट सक्षम र खारिएका साहित्यिक स्रष्टाहरू यस सम्पादन मण्डलमा मनोनयन भएकाले अनेसास दर्पण यस कार्यकालमा उत्कृष्ट रूपमा स्थापित भई आम पाठकहरुको मन जित्न सफल हुने कुरा कार्यकारी सम्पादक हरि काफ्ले ‘शैव’ले बताएका छन् । आगामी सातौँ अंक राष्ट्रकवि माधव घिमिरे विशेषाङ्कको रूपमा प्रकाशित हुने र त्यसका लागि स्रष्टाहरूसँग लेख रचनाका लागि आह्वानसमेत गरिसकिएको कुरा सम्पादक रमेश दाहालले जानकारी दिए ।