neapl investment mega bank
  • गृहपृष्ठ
  • पर्यटन मन्त्री भट्टराई र नेपालका लागि अष्ट्रेलियाका राजदूत पीटरबीच भेटवार्ता

पर्यटन मन्त्री भट्टराई र नेपालका लागि अष्ट्रेलियाका राजदूत पीटरबीच भेटवार्ता

Sep 9th, 2020

काठमाडौ, भदौ २४

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेपालका लागि अष्ट्रेलियाका राजदूत पीटर वडबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित मन्त्रालयमा मंगलवार भएको विदाई भेटका अवसरमा राजदुतले नेपाल बसाइँ अत्यन्त सुखद स्मरणीय भएको, यो कार्यकाल भित्र नेपालका थुप्रै स्थानको भ्रमण गर्ने अवसर मिलेको, र यसवाट नेपालको भौगोलिक, सामाजिक, साँकृतिक एवं पर्यटकीय सम्पदाहरुको नजिकवाट अनुभव गर्ने अवसर प्राप्त भएको उल्लेख गदै कोभिड १९ ले सृजना गरेको विकराल समस्याका विच लकडाउनमा नेपालका विभिन्न जिल्लाहरुमा अड्कीएका अष्ट्रेलियन नागरिकहरुलाई सकुशल उद्धार गरि नेपाल वायुसेवा मार्फत स्वदेश पठाउने व्यवस्था गरेकोमा मन्त्री भट्टराईलाई धन्यवाद तथा कृतज्ञता व्यक्त गनु भयो । उहाँले नेपालको पर्यटन विकासमा अष्ट्रेलियाको पूर्ण सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको थियो ।

मन्त्री भट्टराईले नेपाल र अष्ट्रेलियाको विचमा हवाई सम्झौत्ता भई सकेको र उद्धार उडान सफलतापूर्वक सम्पन्न भएकोले निकट भविष्यमा नै सिधा हवाई सम्पर्क स्थापित हुने विश्वास व्यक्त गनु भयो . मन्त्री भट्टराईले अष्ट्रेलियामा नेपालको पर्यटन प्रबर्धनमा राजदुतको सहयोगको अपेक्षा गर्नु भएको थियो .राजदुत वडले आफनो तीन बर्षे कार्यकाल पुरा गरी स्वदेश फर्कनु अघि मन्त्री भट्टराईसँग विदाई भेट गर्नु भएको हो ।