काठमाडौ, भदौ २४
नक्कली प्रेस कार्ड बनाउने गिरोह पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखाले नक्कली प्रेस कार्ड बनाउने चार जनालाई पक्राउ गरेको हो ।
महाशाखाका अनुसार बिश्वभर फैलिएको कोरोना भाईरस (कोभिड १९) महामारीलाई नियन्त्रण गर्न नेपाल सरकारबाट निषेधाज्ञा समेत लागु भएको अवस्थामा काठमांडौ, बागबजारमा लक्ष्मण न्यौपानेले संचालन गरेको कालिका प्रिन्टर्स स्पोर्टस प्रा.लि.ले बिभिन्न व्यक्तिहरुको नामबाट नक्कली प्रेस कार्डहरु, अस्पतालको नक्कली परिचयपत्रहरु बनाई प्रति कार्ड ५०० भन्दा बढिमा बिक्रि बितरण गर्ने गरेको र सो कार्डहरु देखाई मानिसहरु आवतजावत गरी सार्बजनिक हित तथा स्वास्थ्य सुरक्षामा समेत आँच पुर्या्एको भन्ने बिशेष सुचनाको आधारमा पक्राउ गरिएको हो ।
महाशाखाबाट खटिएको टोलिले सोमबार गते का.जि.का.म.न.पा.२८ बागबजारबाट सो प्रिन्टर्सका संचालक लक्ष्मण न्यौपाने सहित चार व्यक्तिहरुलाई पक्राउ गरी थप अनुसन्धानको लागि महानगरिय प्रहरी परिसर काठमाण्डौ पठाईएको जानकारी दिएको छ ।
यि हुुन पक्राउ पर्ने व्यक्तिहरु
१. जिल्ला नवलपरासी (पश्चिम) सुस्ता बर्दघाट न.पा. वडा नं. १३ घर भई हाल का.जि. रातोपुल बस्ने योगलाल न्यौपानेको छोरा बर्ष ३५ को लक्ष्मण न्यौपाने ।
२. जिल्ला बर्दिया राजापुर न.पा. वडा नं. १० घर भई हाल का.जि. कोटेश्वर बस्ने तारा प्रसाद खड्काको छोरा बर्ष २३ को श्रीराम खड्का ।
३. जिल्ला नवलपुरासी सुस्ता पुर्व कावासोती न.पा. वडा नं. ८ घर भई हाल का.जि. का.म.न.पा. वडा नं. ३१ भिमसेनगोला बस्ने चिन्तामणी शर्माको छोरा बर्ष २९ को रमेश कुमार रेग्मी ।
४. जिल्ला स्याङ्जा जगत्रदेबी गा.पा. वडा नं. ९ घर भई हाल का.जि. टोखा न.पा. वडा नं. ४ धापसी बस्ने घनश्याम भण्डारीको छोरा बर्ष ३९ को राजेन्द्र राज भण्डारी ।
यस्ताछन बरामद गरिएका सामानहरु
१. बिभिन्न मिडियाहरुको नामको प्रेस आई.डि. कार्ड थान १०
२. बिभिन्न असपतालको नक्कली परिचयपत्र थान १५
३. बिभिन्न प्रिन्टिङ प्रेसको नक्कली परिचयपत्र थान ३
४. अन्य व्यक्तिहरु समेतको नक्कली परिचयपत्र थान – ३
५. कालो रङको कटर मेसिन थान १
६ क्यानन कम्पनिको स्क्यानर थान १
७. डेल कम्पनिको डेक्सटप थान १, मनिटर थान १, प्रिन्टर मेसिन थान २, किबोर्ड थान १
८. डेबुक थान १
९. सेतो रङको ए फोर साईजको प्लाष्टिक पेपर थान २०
१०. लेमिनेशन मेसिन थान १