neapl investment mega bank
  • गृहपृष्ठ
  • विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ लाख ९६ हजार नाघ्यो (अपडेट)

विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ लाख ९६ हजार नाघ्यो (अपडेट)

Sep 8th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, भदौ २३

विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ८ लाख ९६ हजार ८६० व्यक्तिको मृत्यु भएको छ ।

नेपाली समय मंगलबार ०९:३० बजे सम्म विश्वभरीमा दुई करोड ७४ लाख ८५ हजार ९४४ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म एक करोड ९५ लाख ८७ हजार ५३५ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६९ लाख ४१ हजार ३२५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६० हजार २२४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ६४ लाख ८५ हजार ५७५ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या एक लाख ९३ हजार ५३४ पुगेको छ ।

दोस्रो धेरै प्रभावित भएको भारतमा ४२ लाख ७७ हजार ५८४ जना सङ्क्रमित भएका छन् भने ७२ हजार ८१६ जनाको मृत्यु भएको छ ।

त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ४१ लाख ४७ हजार ७९४ जना सङ्क्रमित भएका छन् भने एक लाख २७ हजार जनाको मृत्यु भएको छ ।

स्रोत : वर्ल्डोमीटर

https://www.worldometers.info/coronavirus/