neapl investment mega bank
  • गृहपृष्ठ
  • अफवाह फैलाई सार्बजनिक शान्ती भंग गरेको आरोपमा लिम्बु पक्राउ

अफवाह फैलाई सार्बजनिक शान्ती भंग गरेको आरोपमा लिम्बु पक्राउ

Sep 7th, 2020

काठमाडौ, भदौ २२

अफवाह फैलाई सार्बजनिक शान्ती भंग गरेको अभियोगमा अन्तिम विकल्प प्रा.लि.का संचालक सुवास सुब्बा लिम्बु पक्राउ परेकाछन । युुट्युव च्यानलमा अन्तर्वार्ताको क्रममा कोरोना नै छैन सरकारले हावा पिटेको छ । कोरोना संक्रमितको मृत्यु पश्चात आफन्तलाई भेटन नदिई शरिरका विभिन्न अंगहरु (किडनी ,आँखा, लिभर) झिकेर बेचबिखन गरी भष्ट्राचार गरिरहेकोले माङमुङ्ग्री लिएर सडकमा आन्दोलन गर्न सबै आउनु पर्दछ भन्ने जस्ता समाजमा उत्तेजना फैलाएको अभियोगमा लिम्बुुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।

आमसर्वसाधारणलाई दिग्भ्रमित गराउने, कोरोना भाईरस संक्रमणबारे भ्रम फैलाएको तथा विभिन्न व्यक्तिहरुलाई आक्षेप लगाउने अभिव्यक्तिहरु दिई प्रचार प्रसार गरी सार्बजनिक शान्ती भंग गर्ने कार्यमा संलग्न आफुलाई प्राकृतिक डाक्टर भन्ने तेहथुम जिल्ला स्थायी घर भई हाल ललितपुर नक्खिपोटमा बसोबास गर्ने सुबास सुब्बा लिम्बुलाई सोमबार ललितपुरको नक्खिपोटबाट पक्राउ गरी प्रहरी परिसर ललितपुर पठाईएको साथै अन्य थप अनुसन्धान कार्य जारी रहेको महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi