neapl investment mega bank
  • गृहपृष्ठ
  • विश्वमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या दुई करोड ७२ लाख नाघ्यो (अपडेट)

विश्वमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या दुई करोड ७२ लाख नाघ्यो (अपडेट)

Sep 7th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, भदौ २२

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ७२ लाख नाघेको छ ।

नेपाली समय सोमबार १०:३० बजे सम्म विश्वभरीमा दुई करोड ७२ लाख ९२ हजार ६६१ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म एक करोड ९३ लाख ७७ हजार ३२० व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ७० लाख २७ हजार ७८६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ५९ हजार ९६४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ८ लाख ८७ हजार ५५५ व्यक्तिको मृत्यु भएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित भारतमा देखिएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ६४ लाख ६० हजार २५० पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या एक लाख ९३ हजार २५० पुगेको छ ।

दोस्रो धेरै प्रभावित भएको भारतमा ४२ लाख ४ हजार ६१३ जना सङ्क्रमित भएका छन् भने ७१ हजार ६८७ जनाको मृत्यु भएको छ ।

त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ४१ लाख ३७ हजार ६०६ जना सङ्क्रमित भएका छन् भने एक लाख २६ हजार ६८६ जनाको मृत्यु भएको छ ।

स्रोत : वर्ल्डोमीटर

https://www.worldometers.info/coronavirus/