neapl investment mega bank

महासंघद्धारा पत्रकार कुटपिटको बिरोध

Sep 6th, 2020

काठमाडौ, भदौ २१

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सदस्य एवं राष्ट्रिय समाचार समितिका वरिष्ठ सम्वाददाता राजराम कार्कीमाथि भक्तपुरको सूर्यविनायक नगरापालिका–१० घर भई साँगास्थित नेपाल प्रहरीको स्कूलमा शिक्षकको रुपमा कार्यरत उद्धव कार्कीले कुटपिट गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघ काभ्रे शाखाका अनुसार आज विहान ९ः३० बजे बनेपा नगरपालिका–८ बसपार्क नजिकैको हार्डवेयर पसलमा घरायसी सामान खरिद गर्ने क्रममा निज उद्धव कार्कीले पुरोना हिसाव किताव गर्नु छ भन्दै पत्रकार कार्कीमाथि सोही पसलमा रहेका सामग्रीले एक्कासि टाउको र शरीरका विभिन्न भागमा प्रहार गरी घाइते बनाएका थिए ।

कुनै पनि बहानामा पत्रकारमाथि यस किसिमले आक्रमण हुनु आफैंमा निन्दनीय र प्रेसविरोधी काम हो । महासंघ पत्रकारलाई त्रसित बनाउने अपराधिक कार्यमा संलग्न कार्कीमाथि कानुनी कारबाही गरी पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन र निर्वाध रुपमा काम गर्ने वातावरण मिलाउन महासंघ सम्बन्धित निकायसँग माग गर्दछ, महांघले भनेको छ । साथै, महासंघ घाइते पत्रकार राजाराम कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi