आधारभूमि संवाददाता
काठमाडौं, भदौ २१
विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ८ लाख ८३ हजार ७४२ व्यक्तिको मृत्यु भएको छ ।
नेपाली समय आइतबार १०:३० बजे सम्म विश्वभरीमा दुई करोड ७० लाख ६५ हजार ८१२ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म एक करोड ९१ लाख ६६ हजार १७८ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ७० लाख १५ हजार ८९२ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६० हजार ७२० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ६४ लाख ३१ हजार १५२ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या एक लाख ९२ हजार ८१८ पुगेको छ ।
दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा ४१ लाख २३ हजार जना सङ्क्रमित भएका छन् भने १ लाख २६ हजार २३० जनाको मृत्यु भएको छ ।
त्यसतै तेस्रो धेरै प्रभावित भएको भारतमा ४१ लाख १३ हजार ८११ जना सङ्क्रमित भएका छन् भने ७० हजार ६७९ जनाको मृत्यु भएको छ ।
स्रोत : वर्ल्डोमीटर