neapl investment mega bank

सवारी दुर्घटनामा परी मृत्यु

Sep 5th, 2020

सिरहा, २० भदौ

नरहा गाउँपालिका-५ स्थित सिरहा चौहर्वा सडकमा बिग्रिएर रोकी राखेको ज.१ त ४३२९ नम्बरको ट्याक्टरमा अन टेष्टु लेखिएको मोटरसाइकल ठोक्किएर शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सिरहा नगरपालिका-५ बस्ने १९ बर्षीय अम्लेश महतो र २१ बर्षीय सुनिल सदाको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनीहरुको राउ अस्पताल लाहानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सिरहा नगरपालिका-५ बस्ने १९ बर्षीय मिथिलेश सदाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी सिरहा, धनगढीमाई नगरपालिका-१० स्थित सडकमा ओखलढुङ्गाबाट बिराटनगरको लागि कोभिड-१९ स्वाब संकलन गरी ल्याउँदै गरेको जिल्ला शिक्षा कार्यालयको बा.२ झ ९२९९ नम्बरको स्कारपियोको ठक्करबाट साईकलयात्री लहान नगरपालिका-१२ भोटिया टोल बस्ने ३० वर्षीय विनोद चौधरीको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आरके मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi