neapl investment mega bank
  • गृहपृष्ठ
  • एनसेल आजियाटाको एसईई विद्यार्थीका लागि ‘पहिलो सिम

एनसेल आजियाटाको एसईई विद्यार्थीका लागि ‘पहिलो सिम

Sep 4th, 2020

काठमाडौ, भदौ १९

एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राईभेट लिमिटेड) ले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले मात्र रु १ मा प्रिपेड सिमको खरिदका साथै निःशुल्कमा इफाइभ सेवा र बोनस डेटाको फाइदा लिन सक्छन् ।

यो योजना बिहीबार (भदौ १८) देखि लागु भएको छ । पहिलो सिम लिनका लागि विद्यार्थीको एसईई परीक्षा प्रवेश पत्र, नागरिकता वा आफ्नो आमा वाबाबुको नागरिकताको फोटोकपि र एक प्रतिफोटो आवश्यक पर्दछ । यो सिम विद्यार्थीले आफुलाई पायक पर्ने एनसेल सेन्टरबाट सिम लिन सक्छन् ।
सिम लिएपछि निःशुल्कमा इफाइभ सेवाका लागि आफुलाई सधै सम्पर्कमा रही रहनुपर्ने पाँच वटा एनसेलहरु सजिलैसँग इफाइभ समुहमा सेट गर्न सकिन्छ । नम्बरहरु माइ फाइभ समुहमा राखेपछि विद्यार्थीहरुले पहिलो ३० दिनसम्म ती नम्बरहरुमा निःशुल्क कुराकानी गर्न सक्छन् । ३० दिनपछि पनिविद्यार्थीहरुले ती नम्बरहरुमा मात्र रु ९९ पैसा प्रति मिनेटमा बाँकी ११ महिनासम्म कुराकानी गर्न सक्छन् ।

विद्यार्थीहरुले एस्ट्रिक्स ५५४४ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार आफु सधै सम्पर्कमा रहनुपर्ने पाँच वटा एनसेल नम्बरलाई माइ फाइभ समुहमा राख्न सक्छन् । माइ फाइभ सेवाको समुहमा ५ वटा नम्बर राखि सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक रु ५ शुल्क लाग्नेछ ।

पहिलो सिम सुचारु गरेपछि सुचारु गरेको पहिलो दिनको मध्यरात सम्ममा रु १०० वा सो भन्दा माथिको रिचार्जमा ग्राहकले ३० दिन सम्म हरेक दिन १०० एमबी डेटा बोनसको रुपमा प्राप्त गर्दछन् । यसका साथै, यस सिमको मेन ब्यालेन्सबाट गरिएको हरेक रु १०० बराबरको खर्चमा ग्राहकले तीनदिनको समयसिमा रहेको ३०० एमबी (१०० एमबीअल नेटवर्क र २०० एमबीफोरजी डेटा) बोनस डेटा प्राप्त गर्नेछन् । पहिलो सिम अन्तर्गतको यो ब्यालेन्स खर्चमा बोनस सुविधा १२ महिनाको लागि रहनेछ ।

एसईई सकेका विधार्थीका लागि सुलभ दरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गर्न यस पहिलो सिम योजनालाइ निरन्तरता दिन पाएकोमा एनसेल आजियाटा निकै खुसि रहेको कम्पनीले जनाएको छ । हाल विभिन्न जिल्लामा स्थानिय प्रशासनद्वारा कोरोना भाइसको संक्रमण फैलन नदिन र यसको रोकथामका लागि निषेधाज्ञा जारी गरेको हुनाले सिमलिनको लागिपहिले आफ्नो नजिकैको एनसेल सेन्टर खुल्ला रहे÷नरहेको बुझेर मात्रसिमलिनको लागि सतर्कतातथा सुरक्षा मापढण्ड अपनाई एनसेल सेन्टरमा जान अनुरोध छ ।

विद्यार्थीले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी डेटा प्याक तथा एस्ट्रिक्स १७११८ह्यास डायल गरी भ्वाइस प्याक खरिद गर्न सक्छन् । त्यस्तै, म्यूजिक र गेमिङ् प्याकको लागि पनि विभिन्न अप्सनहरु रहेका छन् । ग्राहकले एस्ट्रिक्स १७१०३ ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसारको प्याक खरिद गर्न सक्छन् ।

विगत चार वर्षदेखि हरेकवर्ष एनसेल आजियाटाले यो अफर एसईई विद्यार्थीका लागि प्रदान आएका छौं । यो योजना सुचारु भएको दिन देखि ९० दिनको लागि मान्य रहने छ ।