neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु , मृत्यु हुनेको संख्या २ सय ७१ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु , मृत्यु हुनेको संख्या २ सय ७१ पुग्यो

Sep 4th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,१९ भदौ

नेपालमा कोरोना सङ्क्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा ४ महिला र १० पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये काठमाडौँका ३ महिला,चितवनकी १ महिला,सप्तरीका २ पुरुष ,धनुषाका १ पुरुष ,कास्कीका १ पुरुष,नवलपरासीका १ पुरुष, प्युठानका १ पुरुष, रुपन्देहीका १ पुरुष, पाल्पाका १ पुरुष र सुर्खेतका १ पुरुष रहेका छन् ।

यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २ सय ७१ पुगेको छ । यसअघि बिहीबार नेपालमा कोरोना सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको थियो।

aadharbhumi
aadharbhumi
aadharbhumi