काठमाडौ, भदौ १९
नेपाल राष्ट्र बैकले बैैकहरुमा एक अर्ब ५० करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम दुुई सय ९१ दिने मुुद्धती निक्षेपकोरुपमा राख्नको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरु संग प्रस्ताव माग गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । लगानीको अवधि २०७७ असोज एक गते देखि २०७८ असार २० गतेसम्म रहेको छ ।
रकम लगानीको लागि यही भदौ २३ गते अपरान्ह चार बजेसम्म आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत उल्लेख गरी प्रस्ताव पेश गर्नुुपर्ने छ ।
लगानीको लागि छुुट्याईएको कुुल रकम मध्येमा बाँणिज्य बैंकहरुको लागि एक अर्ब २० करोड, बिकास बैंकहरुको लागि २२ करोड ५० लाख र फाईनान्स कम्पनीहरुको लागि सात करोड ५० लाख रुपैयाँ छुट्याईएको छ । राष्ट्र बैकका अनुसार रकम लगानी गर्ने बैंक तथा फाईनान्स कम्पनीहरुको लागि सञ्चालनमा आएको कम्तिमा दुई बर्ष पूरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको हुुनुुपर्ने प्रावधानहरु तोकिएकाछन ।