काठमाडौं, भदौ १९
प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनगर्ठन नहुने भन्दै ढुक्क भएर काम गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर नहुने वताएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री मन्त्रिपरिषद् बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनेर गरिएको प्रचार हल्लामात्र भएको वताएका छन् । ‘हल्लाको पछि नलाग्नुस्, पुनगर्ठन हुँदैन’ ‘ढक्कसँग आफ्नो जिम्मावारी पूरा गर्न लाग्नुस् ’ प्रधानमन्त्रीलाई उद्धत गर्दै स्रोतले वतायो ।
मन्त्रिपरिषद् बैठकमा ओलीले हालसम्मको सहयोगका लागि अर्थमन्त्री खतिवडालाई धन्यवाद दिएका छन् । साथै मन्त्रिपरिषदले अर्थमन्त्री युवराज खतिवडालाई शुक्रबार सम्ममा राजिनामा दिन सुझाव दिएको छ । जसअनुसार खतिवडाले शुक्रबार साँझसम्म राजीनामा दिने स्रोतले बताइएको छ ।
यसैविच अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् ।
मन्त्रिपरिषद् बैठकमा उनले शुक्रबार साँझ नै राजीनामा दिने घोषणा गरेका हुन् ।
हिजो बसेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णयमा पुगेको सुनाएका थिए ।
राष्ट्रियसभाको एक सिटमा गौतमलाई सिफारिस गरेपछि खतिवडाको संसद सदस्य हुने बाटो बन्दा भएका कारण उनले मन्त्री पदबाट राजीनामा दिनुपर्ने भएको हो । मन्त्रिपरिषद बैठकमा मन्त्री खतिवडाले आफ्नो कार्यकालमा गरेको कामको विवरण प्रस्तुत गरेका थिए ।
सत्तारुढ नेकपाको विवाद समाधानबारे सुझाव दिन गठित कार्यदलले मन्त्रिपरिषद् पुनर्गठन गर्न सुझाएको छ । तर प्रधानमन्त्रीले तत्काल मन्त्रिपरिषद पुर्नगठन नहुने भनेपछि नेकपामा मन्त्रिपरिषद् पुनर्गठनको बहस चर्किन थालेको छ ।