neapl investment mega bank
  • गृहपृष्ठ
  • पीडितहरुलाइ क्षतिपूर्ति माग गर्दै न्याय तथा अधिकार संस्थाद्वारा ध्यानाकर्षण

पीडितहरुलाइ क्षतिपूर्ति माग गर्दै न्याय तथा अधिकार संस्थाद्वारा ध्यानाकर्षण

Sep 4th, 2020

रसना ढकाल

काठमाण्डौ, १९ भाद्र


कुटपिट तथा जातिय छुवाछुतको घटनाका पीडितहरुलाई उचित क्षतिपूर्ति र पीडकलाई कारबाही गर्ने सम्वन्धमा न्याय तथा अधिकार सस्थाले सप्तरी जिल्ला प्रशासनको ध्यानाकर्षण गराएको छ । उक्त पत्रमा भाद्र १६ गते एक सञ्चारमाध्यममा “कुटपिटबाट घाइते मुसहर दम्पति अस्पतालमा बन्धक” भन्ने शिर्षकमा प्रकाशन भएको समाचार प्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

सप्तरी, अग्निसाइर कृष्णसावरण गाउँपालिका–६ महुलीका शिवचन्द्र सदा र उनकी पत्नी मलियादेवी सदालाई २०७७ साउन ५ गतेका दिन पानीको निकासका बारेमा विवाद हुँदा स्थानीय दिना साहको परिवारले कुटपिट गरि शसक्त घाईते बनाएका थिए । घाइतेहरुलाई उपचारका लागि गोल्डेन अस्पताल, विराटनगरमा लगिएको र पीडक दिना साहलाई ईलाका प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेता पनि अनुसन्धान प्रक्रिया अघि नबढाई पीडकलाई साउन ३२ गते नै रिहा गरेको छ ।

अर्को तिर पीडितहरुको उपचारमा लागेको रकम रु. १ लाख ३० हजार पीडकले समयमा नतिरिदिएका कारण पीडितहरु डेढ महिना देखि नै अस्पतालमा थुनिएर बस्नु परेको छ ।
न्याय तथा अधिकार सस्थाले यस घटनामा मुलुकी अपराध संहिता, २०७४ को दफा १९१, १९२ र दफा २०४ का अनुसार पीडकलाई कारवाहीको माग गर्नुका साथै पीडितहरुको उपचारका लागि आवश्यक रकम पीडकबाट भराउनुपर्ने जनाएको छ । उक्त घटनालाइ जातीय छुवाछुत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८ को दफा ४ अनुसार दण्ड सजायका लागि मुद्दा चलाईनु पर्ने माग गरेको छ ।

यस्तो छ ध्यानाकर्षण पत्र

aadharbhumi
aadharbhumi
aadharbhumi