neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु , मृत्यु हुनेको संख्या २ सय ५७ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु , मृत्यु हुनेको संख्या २ सय ५७ पुग्यो

Sep 3rd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,१८ भदौ

नेपालमा कोरोना सङ्क्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा ४ महिला र २ पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये चितवनकी ४० वर्षीय महिला, भक्तपुरकी ४० वर्षीय महिला, तनहुंकी ९२ वर्षीय महिला ,रुपन्देहीकी ७७ वर्षीय महिला , सिन्धूपाल्चोकका ७७ वर्षीय पुरुष र रुपन्देहीका ६५ वर्षीय पुरुष रहेका छन् ।

यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २ सय ५७ पुगेको छ । यसअघि बुधवार नेपालमा कोरोना सङ्क्रमणबाट १२ जनाको मृत्यु भएको थियो।

aadharbhumi
aadharbhumi
aadharbhumi