neapl investment mega bank

काठमाडौं उपत्यकामा थपिए ४४५ संक्रमित

Sep 3rd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,१८ भदौ

काठमाडौंमा थप ४४५ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ४४५ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंमा ३ सय ५७,ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए ।यसअघि बुधवार उपत्यकामा ३ सय ८८ सङ्क्रमित थपिएका थिए।

नेपालमा बुधवार थप १२ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९१७ जनाले कोरोना जितेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi