neapl investment mega bank

तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

Sep 3rd, 2020

काठमाडौं, १८ भदौ

मोरङ, कानेपोखरी गाउँपालिका-७ चालिसबिघेस्थित किशोर लुईटेलको घरमा तास खेलीरहेका १२ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरूबाट नगद २ लाख ८९ हजार ५ सय ३१ रुपैयाँ र ४ बुक तास बरामद भएको छ ।

पक्राउ पर्नेहरुमा बेलबारी नगरपालिका-१ बस्ने ३६ वर्षीय बिमल गुरुङ, सोही नगरपालिका-३ बस्ने ३७ वर्षीय कृष्ण लिम्बु, सोही नगरपालिका-११ बस्ने २८ वर्षीय श्याम लिम्बु तथा ५२ वर्षीय चन्द्र लिम्बु, लेटाङ नगरपालिका-५ बस्ने ३१ वर्षीय समिर तामाङ, झापा बिर्तामोड नगरपालिका-३ बस्ने ३२ वर्षीय लक्ष्मी कुमार तामाङ, सोही नगरपालिका-५ बस्ने २७ वर्षीय संञ्जिव घतानी, झापा हल्दिवारी गाउँपालिका-५ बस्ने ३६ वर्षीय तारा कुमार जोगी, बुद्दशान्ती गाउँपालिका-४ बस्ने ३८ वर्षीय मनिस लिम्बु, सुनसरी धरान उपमहानगरपालिका-१६ बस्ने ३९ वर्षीय रुपजंग लिम्बू, सोही उपमहानगरपालिका-३ बस्ने २९ वर्षीय किरण उदास र ईटहरी उपमहानगरपालिका-२० बस्ने २४ वर्षीय राजन पौडेल रहेका छन् ।

उक्त स्थानमा लुकिछिपी जुवा खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi