neapl investment mega bank
  • गृहपृष्ठ
  • रगत अभावको समाचारपछि फिटवेल गार्मेन्टले गर्यो रक्तदान कार्यक्रम

रगत अभावको समाचारपछि फिटवेल गार्मेन्टले गर्यो रक्तदान कार्यक्रम

Sep 2nd, 2020

काठमाडौ, भदौ १७

फिटवेल गामेन्ट प्रालीले निषेधाज्ञामा पनि रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बिभिन्न संचारमाध्यममा बजारमा रगतको अभाव भयो भन्ने थाहा पाएपछि निषेधाज्ञाको समयमा पनि जोखिम मोलेर रक्तदान कार्यक्रम आयोजना गरेको ग्रामेंटका संचालक मनोज कुमार भारतीले बताए ।

काठमाडौँको नागार्जुङ नगरपालिका वडा नम्बर ६ स्थित गार्मेन्टको आँगनमा नै गरिएको रक्तदान कार्यक्रममा करिब ४२ जनाले रगत दिएका छन् । राष्ट्र युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत, उपमेयर शुशिला अधिकारी रक्तदान कार्यक्रमलाई हौसला दिन कार्यक्रत स्थलमा पुगेका थिए ।

बजारमा देखिएको रगतको अभाव पूरा गर्न सामाजिक दूरी कायम गरी रक्तदान कार्यक्रममार्फत रगत संकलनमा सहयोग गरेको भन्दै संचालक भारती लगायत गार्मेन्ट कम्पनी परिवारलाई नै उनीहरुले धन्यबाद दिए । कोरोनाको लकडाउनमा बजारमा रगत अभाव भएको समाचार मार्फत थाहा भएपछि छोटो तयारीमै रक्तदान कार्यक्रम आयोजना गरिएको गार्मेन्टका संचालक भारतीले बताए । समाचार पढेपछि यो बेला केहि गर्नुपर्छ भनेर मेरा कर्मचारी साथीहरुसँग छलफल गरे, सबैबाट सकारात्मक कुरा आयो र छोटो तयारिमै कार्यक्रम गर्न सफल भयौं, बजारमा देखिएको रगतको अभाव केहि मात्रामा भएपनि पूरा हुन्छ भन्ने विश्वास छ उनले भने ।

लामो समय कोरियामा काम गरेपश्चात स्वदेश फर्केर मनोज भारतीले गार्मेन्ट व्यवसाय संचालन गरेका हुन्। गार्मेन्टमा ७० जना कामदार छन् । यो निषेधाज्ञाको समयमा पनि भौतिक दुरी कायम राखेर सिमित काम भईरहेको संचालक भारतीले बताए । बिगत ७ बर्षदेखि संचालनमा रहेको गार्मेन्टमा सबै प्रकारका कपडा तथा आदेश अनुसार पोशाक तथा ड्रेस उत्पादन गरिने संचालक भारतीले बताए ।

aadharbhumi
aadharbhumi
aadharbhumi