neapl investment mega bank
  • गृहपृष्ठ
  • लक्ष्मी बैंकको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल नियुक्त

लक्ष्मी बैंकको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल नियुक्त

Sep 2nd, 2020

काठमाडौ, भदौ १७

लक्ष्मी बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल नियुक्त भएकाछन । बैंकको सञ्चालक समितिको आज सम्पन्न बैठकद्वारा नेपाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरिएको हो । नवनियुक्त अध्यक्ष नेपालले आजै नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष विद्युतीय माध्यम (अनलाइन) बाट अध्यक्ष पदको सपथ लिएका हुुन ।

अध्यक्ष नेपालले बैंकको संस्थापक शेयरधनी नागरिक लगानी कोषको तर्फबाट २०७५ फाल्गुणदेखि बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएकाछन । नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा अवधि पुरा गरी निर्देशकको पदबाट सेवानिवृत्त भएका अध्यक्ष नेपाल हाल नागरिक लगानी कोषमा कार्यकारी निर्देशकका रुपमा कार्यरत रहेकाछन ।