neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु , मृत्यु हुनेको संख्या २ सय ५१ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु , मृत्यु हुनेको संख्या २ सय ५१ पुग्यो

Sep 2nd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,१७ भदौ

नेपालमा कोरोना सङ्क्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप १२ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा ६ महिला र ६ पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये काठमाडौंका १ महिला र २ पुरुष, चितवनका २ महिला र १ पुरुष,ललितपुर, तनहुँ र कपिलवस्तुका १–१ गरी ३ महिला, बारा, भक्तपुर र धादिङका १–१ गरी ३ पुरुष रहेका छन् ।

यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २ सय ५१ पुगेको छ । यसअघि मंगलबार नेपालमा कोरोना सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको थियो।

aadharbhumi
aadharbhumi
aadharbhumi