neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडौं उपत्यकामा थपिए ३ सय ८८ संक्रमित

काठमाडौं उपत्यकामा थपिए ३ सय ८८ संक्रमित

Sep 2nd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,१७ भदौ

काठमाडौंमा थप ३ सय ८८ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ३ सय ८८ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंमा ३ सय ५०,ललितपुरमा २९ र भक्तपुरमा ९ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए ।यसअघि मंगलबार उपत्यकामा ४८१ सङ्क्रमित थपिएका थिए।

नेपालमा मंगलबार थप ११२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १११२ जनाले कोरोना जितेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi