neapl investment mega bank
  • गृहपृष्ठ
  • अमेरिकामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ६२ लाखभन्दा बढी

अमेरिकामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ६२ लाखभन्दा बढी

Sep 2nd, 2020

आधारभूमि संवाददाता

काठमाडौं, भदौ १७

विश्वभर महामारकिो रूपमा फैलिएको कोरोना सङ्क्रमितको सङ्ख्या अमेरिकामा ६२ लाख भन्दा बढी पुगेको छ ।

नेपाली समय बुधवार ७:३० बजे सम्म अमेरिकामा ६२ लाख ५७ हजार ५७१ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

चीनको वुहानमा कोभिड–१९ सङ्क्रमण फैलिएको गत वर्षको अन्त्यतिर सार्वजनिक भएको भएपनि अमेरिकामा पहिलो सङ्क्रमित विरामी जनवरी २१ मा भेटिएको थियो । अमेरिकामा बुधवारसम्म एक लाख ८८ हजार ९०० व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । सङ्क्रमितमध्ये हालसम्म ३४ लाख ९६ हजार ९१३ व्यक्ति कोरोना मुक्त भएका छन् ।सङ्क्रमितमध्ये १५ हजार ७९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

अमेरिकापछि बढी सङ्क्रमण ब्राजिलमा ३९ लाख भन्दा बढीमा सङ्क्रमण देखिएको छ भने तेस्रो धेरै सङ्क्रमित सङ्ख्या भारतमा झण्डै ३७ लाख सङ्क्रमित भएका छन् ।

स्रोत : वर्ल्डोमीटर
https://www.worldometers.info/coronavirus/