neapl investment mega bank

काठमाडौं उपत्यकामा थपिए ४८१ संक्रमित

Sep 1st, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,१६ भदौ

काठमाडौंमा थप ४८१ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ४८१ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंमा ३९३ ,ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको प्रवक्ता गौतमले जानकारी दिए ।यसअघि सोमबार उपत्यकामा २९८ सङ्क्रमित थपिएका थिए।

नेपालमा मंगलबार थप १०६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७६८ जनाले कोरोना जितेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi