काठमाडौ, भदौ १५
फष्र्ट काठमाडौ भर्चुुअल तेकान्दो नेशनल ओपन पोम्से च्याम्पियनसिपमा नेपाली सेनाका खेलाडीले स्वर्ण र रजत पदक जितेकाछन ।
सेनाका अनुसार काठमाण्डौ जिल्ला तेक्वान्दो संघको आयोजनामा यही भदौ पाँच गते, १३ गते र १४ गते भएको खेलमा नेपाली सेना त्रिभुवन आर्मी क्लवका प्युठ निता गुरुङ्गले (महिला १८-३० वर्ष समुह तर्फ) स्वर्णर सि. दिपेन्द्र गुरुङ्गले (पुरुष १८-३० वर्ष समुह तर्फ) रजत पदक ल्याउन सफल भएका हुुन ।