neapl investment mega bank

गोली प्रहारबाट मृत्यु

Aug 31st, 2020

रौतहट, १५ भदौ

ईशनाथ नगरपालिका-७ सानो घ्युरा वस्ने ३२ वर्षीय दिन दयाल साहको गोली प्रहारबाट आइतबार राति मृत्यु भएको छ । अपरिचित ब्याक्तिहरुले फोन गरी बोलाए पश्चात भारतको घोडासहन गएका उनलाई ती व्यक्तिहरुले गोली प्रहार गर्दा मृत्यु भएको बताइएको छ । हाल साहको शव भारत घोडासैन प्रहरी थानामा रहेको छ ।

गोली प्रहार गर्ने व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi