neapl investment mega bank
  • गृहपृष्ठ
  • डा.हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार पत्रकार उप्रेतीलाई प्रदान गरिने

डा.हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार पत्रकार उप्रेतीलाई प्रदान गरिने

Aug 31st, 2020

काठमाडौ, भदौ १५

लघुवित्तका पिता भनेर परिचित स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापना भएको आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार एलिजा उप्रेतीलाई प्रदान गरिने भएको छ । डा. हरिहरदेव पन्त फान्डेशनद्धारा स्थापित उक्त पुरस्कार डा. पन्तको पाँचौ वार्षिक पुण्य स्मृतिदिवस पारेर भदौ २१ गते पत्रकार उप्रेतीलाई प्रदान गरिने भएको हो ।

जीवनका अधिकांश सयम देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरण गर्नका लागि समर्पित लघुवित्तका प्रथम प्रवद्र्धक डा. हरिहरदेव पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको थियो । डा. हरिहरदेव पन्त फाउन्डेशनले प्रत्येक वर्ष एक जना उत्कृष्ट अर्थिक पत्रकार वा संघ, सस्थालाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि उक्त पुरस्कार प्रत्येक वर्ष क्रमश ः नेपाल आर्थिक पत्रकार संघ (सेजन), कान्तिपुर दैनिकका गोकर्ण अवस्थी र नागरिक दैनिकका विष्णु बेल्वासेलाई प्रदान गरिएको थियो ।

देशको सर्वाङ्ग.ीण विकासका साथै आर्थिक क्षेत्रको विकासका लागि राज्यको चौथो अंग पत्रकार जगतले विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन समाचार तथा लेखनमार्फत आमजनस्तरमा सू सूचित गराउने महत्वपूर्ण कार्य गरेको छ । यसै सन्र्दभमा डा.हरिहरदेव पन्त फाउन्डेशनद्धारा संचालित डा.हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार कार्यक्रम अन्तरर्गत आर्थिक क्षेत्रका सन्देशमूलक आर्थिक समाचार सम्प्रेषण तथा प्रसारण गर्ने पत्रकार वा संघ सस्थाहरु मध्येबाट यस वर्षको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्काका लागि विगत एक दशक देखि आर्थिक क्षेत्रमा कलम चलाउँदै आएकी तथा विगत चार वर्ष देखि रातोपाटी डट कममा वरिष्ठ ब्यापार संवाददाता रहेकी उप्रेतीलार्ई वि.सं २०७७ को डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार स्वरुप नगद ५० हजार रुपैयाँ सहित सम्मान—पत्र प्रदान गर्ने निर्णय गरिएको हो । उक्त पुरस्कार २०७७ भदौ २१ गते पत्रकार उप्रेतीलार्ई प्रदान गरिने कार्यक्रम रहेको फाउण्डेसनले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi