neapl investment mega bank
  • गृहपृष्ठ
  • बालिकालाई यौन शोषण गरेको अभियोगमा पक्राउ

बालिकालाई यौन शोषण गरेको अभियोगमा पक्राउ

Aug 31st, 2020

कास्की, १५ भदौ

९ वर्षीया बालिकालाई यौन शोषण गरेको अभियोगमा पोखरा महानगगरपालिका-१० मिलनचोक बस्ने स्याङ्जा बिरुवा गाउँपालिका-७ घर भएका ५५ वर्षीय रेश बहादुर गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई विगत ५ महिना अगाडिदेखि ललाई फकाई यौन शोषण गर्दै आईरहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय स्याङ्जासँग समन्वय गरी स्याङ्जा बिरुवा गाउँपालिका(-८ टोड्केमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्की पोखरामा ल्याई जबरजस्ती करणी मुद्धामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi