neapl investment mega bank
  • गृहपृष्ठ
  • सरकारी छाप दस्तखत किर्ते मुद्दाका तीन फरार प्रतिवादी पक्राउ

सरकारी छाप दस्तखत किर्ते मुद्दाका तीन फरार प्रतिवादी पक्राउ

Aug 31st, 2020

कास्की, भदौ १५

जिल्ला अदालत कास्कीको २०७५ वैशाख २ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्धामा १ वर्ष कैद सजाय भई फरार रहेका ३ जना प्रतिवादीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका १४ चाउथे बस्ने जिल्ला पर्वत मोदी गाउँपालिका ६ तिलाहार घर भएका ३७ वर्षीय निर्दोष गिरी, पोखरा महानगरपालिका ३३ लामगादीका २४ वर्षीय ऋषिराम गिरि र सोही महानगरपालिका २ हरिचोक ठेगाना भएका २२ वर्षीय असिम भण्डारी रहेका छ्न ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले निर्दोष र असिमलाई आफ्नै घर ठेगाना र ऋषिरामलाई सोही महानगरपालिका २६ बिजयपुरबाट पक्राउ गरेको हो । पक्राउ परेका सबै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको उक्त कार्यालयले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi