neapl investment mega bank
  • गृहपृष्ठ
  • आइतबार थपिए हालसम्मकै बढी सङ्क्रमित ,उपत्यकामा ४२९

आइतबार थपिए हालसम्मकै बढी सङ्क्रमित ,उपत्यकामा ४२९

Aug 30th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १४ भदौ

आज देशभर हालसम्मकै बढी कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ४२९ सहित देशभर एक हजार २२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १२ हजार ७१७ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। यो सँगै सङ्क्रमितको सङ्ख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।

यसअघि सबैभन्दा बढी देशभर एकै दिन एक हजार १११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । काठमाडौँ उपत्यकामा पनि आजको कोरोना सङ्क्रमितको सङ्ख्या हालसम्मकै बढी हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२ हजार ७१७ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या सात हजार ७९७ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ छ। जसमा होमआइसोलेशनमा छ हजार ९०० र संस्थागत आइसोलेशनमा १० हजार ६१२ जना रहेका छन् ।

थप २६७ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २६७ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालाबाट २६७ जना डिस्चार्ज भएको बताए ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या २० हजार ८२२ पुगेको छ ।

थप १४ जनाको मृत्यु

कोरोनाका कारण आज थप १४ जनाको मृत्यु भएको छ । त्यसमा चार महिला र १० पुरुष छन् । मृत्यु भएका चार महिलामध्ये सुनसरीका ७४ वर्षीया, बाराका ४७ वर्षीया, महोत्तरीका ६२ वर्षीया र काठमाडौँका ७२ वर्षीया छन् । त्यसैगरी मृत्युभएका पुरुषमध्ये सुनसरीका ६० वर्षीय, मोरङका ६२ वर्षीय, महोत्तरीका ७० वर्षीय र ३५ वर्षीय तथा रौतहटका ३० वर्षीय, ललितपुरका २९ वर्षीय, भक्तपुरका ६५ वर्षीय, नवलपरासीका ६२ वर्षीय तथा रुपन्देहीका ५७ वर्षीय र ६७ वर्षीय रहेका छन् । हालसम्म २२१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi