neapl investment mega bank
  • गृहपृष्ठ
  • पछिल्लो २४ घण्टामा थपिए ८ सय ८५ संक्रमित ,३८५ डिस्चार्ज

पछिल्लो २४ घण्टामा थपिए ८ सय ८५ संक्रमित ,३८५ डिस्चार्ज

Aug 26th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,१० भदौ

नेपालमा थप ८८५जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १३ हजार २ सय ५३ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। यो सँगै सङ्क्रमितको सङ्ख्या ३४ हजार ४ सय १८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ हजार २ सय ५३ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ११ हजार २७५ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या १४ हजार ७३९ छ। जसमा होमआइसोलेशनमा ६ हजार २८ र संस्थागत आइसोलेशनमा ८ हजार ७११ जना रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा बारा, पर्सा,सर्लाही, रौतहट, महोत्तरी,मोरंग र काठमाडौँ रहेका छन् ।

थप ३८५ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ३८५ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालाबाट ३८५ जना डिस्चार्ज भएको बताए ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १९ हजार ५०४ पुगेको छ । त्यस्तै कोरोनाका सङ्क्रमित शून्य रहेका जिल्लामा मुस्ताङ र हुम्ला रहेका छन् ।