काठमाडौँ, १० भदौ /रासस
विश्व बैंकको सहयोगमा किसानका लागि संचालित व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) मा भएको व्यापक भ्रष्टाचारको बारे राप्रपाका अध्यक्ष कमल थापाले भ्रष्टाचारीलाई कारवाही नगरी प्रधानमन्त्री निरिह र कर्तब्य विमुढ भएको आरोप लगाउनु भएको छ । आज अध्यक्ष थापाले सामाजिक संजालमा लेख्नु हुन्छ “कृषि क्षेत्रमा भएको व्यापक भ्रष्टाचारको नालिबेलि सार्वजनिक गरिएको छ । विश्वबैंकले पदाधिकारीको नाम समेत किटान गरी कारबाहीको लागि सरकार ध्यान आकर्षित गरेको छ । खुलेआम भईरहेको ब्रम्हलुटको किन छानविन हुँदैनरु प्रधानमन्त्री किन निरिह र किं कर्तब्य विमुढ हुनुहुन्छ ?” भनि प्रश्न गर्नु भएको छ ।
विश्व बैंकको सहयोगमा किसानका लागि सञ्चालित व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) मा भएको अनियमितताको चरम रुप विश्व बैंककै छानबिनले उजागर गरेको छ । अनियमितताको सांगोपांग चित्र देखाएको विश्व बैंकले यसका दोषीमाथि कारबाही गर्न सरकारलाई पत्र समेत पठाएको छ ।